काठमाडौं । लोक सेवा आयोगले ५ सय १३ शाखा अधिकृतको विज्ञापन आह्वान गरेको । बुधवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै शाखा अधिकृत वा सो सरह (अप्राविधिक तर्फ) को विज्ञापन खुलाएको हो ।

आयोगले १ सय ५३ जना ज्येष्ठता मार्फत हुने बढुवाकोलागि र बाँकी ३ सय ६० पद खुल्ला प्रतिस्पर्धा हुने गरी विज्ञापन जारी  गरेको छ ।

बुढवातर्फ:

बढुवातर्फ न्याय सेवा, न्याय समुहमा २७, कानून समुहमा ५, सरकारी वकिल समुहमा १७, परराष्ट्र सेवा समुहमा २, सामान्य प्रशासनतर्फ ३४, लेखातर्फ २७, राजश्व तर्फ ३३ र लेखापरीक्षणमा ८ जना बढुवा हुने सूचनामा उल्लेख छ ।

खुलातर्फ:

न्याय सेवाको खुलातर्फ न्याय समूहमा ३६, कानुनमा ७, सरकारी वकिलका लागि २४ गरी जम्मा ६७ जनाको माग गरिएको छ । महिलातर्फ न्याय समूहमा १० कानुनमा २ सरकारी वकिलमा ६ जना गरी १८ जनाको माग गरिएको छ ।

यस्तै आदिवासी जनजातितर्फ न्याय समूहमा ८ कानुनमा १ सरकारी वकिलमा ५ जना माग गरिएको छ । मधेसीमा न्याय ६ कानुन १ सरकारी वकिल ४ गरी ११ जनाको विज्ञापन गरिएको छ । दलिततर्फ न्याय ३ कानुन १ र सरकारी वकिल २ गरी ६ जना माग गरिएको छ । अपाङ्गका लागि र पिछडिएको क्षेत्रका लागि न्याय र कानुनमा एक एक जना माग गरिएको छ ।

परराष्ट्र, प्रशासन र महालेखापरीक्षक संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत खुलामा १३२ जना समावेशीतर्फ महिलाका लागि ३५, आदिवासी जनजातिका लागि २८ मधेसीका लागि २५, दलितका लागि ८, अपाङ्गका लागि ७ र पिछडिएको क्षेत्रका लागि ५ जनाको दरखास्त आह्वान गरिएको छ ।