काठमाडौं । लोक सेवा आयोगले केहि समय अघि सूचना जारी गर्दै कार्तिक १६ गतेबाट यसअघि रोकिएका सबै परीक्षा सञ्चालन गर्ने जनाए पनि आज कार्तिक ३ गते अर्को सूचना जारी गर्दै सबै परीक्षा कार्यक्रम अर्को सूचना नआउँदा सम्मको लागि स्थगित गरेको छ । 

 

लोक सेवा आयोगले हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण आयोऊले सञ्चालन गर्न लागेको  परीक्षामा सङ्लग्न हुन आउने उम्मेदवारहरुमा भय सिर्जना भएको र आयोगका कर्मचारीहरुमा समेत कोरोना सङ्क्रमण देखिएकाले निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था लगायत सबै तर्फका परीक्षा स्थगित गरेको जनाएको छ । 

 

आयोगले जारी गरेको सूचना: