सिन्धुलीमाढी। सिन्धुलीमा आज ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यलय सिन्धुलीको तथ्याङ्क अनुसार २ सय ३३ जनाको परिक्षण गरेकोमा ६६ जनामा कोरोना पुष्टि भएको हो।

जिल्लामा यो संगै कोरोना भाइरसको दोस्रो भेरिएन्ट संक्रमण पुष्टि हुनेको सङ्ख्या १ हजार ३ सय ८१ जना पुगेको छ। जसमा दुधौली नगरपालिमा ३ सय १ सय १७ जना,कमलामाई नगरपालिमा १ सय ११ जना, तीनपाटन गाउँपालिमा ७६ जना संक्रमण भएका छन्। त्यस्तै फिक्कल गाउापालिमा ६९ जना, सुनकोशी गाउँपालिमा १ सय २८ जना, गोलन्जोरमा १ सय १९ जना, घ्याङलेख गाउँपालिकामा ७१  जना, मरिणमा १ सय ९६ जना र हरिहरपुरगढि गाउँपालिकामा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

हाल सम्म जिल्लामा २ हजार ७ सय ६७ जनाको पिसिआर परिक्षण गरिएको छ। त्यस्तै ४ सय ४६ जनाको एन्टिजेन परिक्षण गरिएकोमा १ सय २६ जनामा पोजेटिभ आएको स्वास्थ्य कार्यलय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिए।

जिल्लामा आज मात्रै ७२ जना डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट ७२ जना डिस्चार्ज भएका हुन् । यो संगै जिल्लामा कोरोना जित्नेको सङ्ख्या २ सय ६४ पुगेको छ। आजसम्म जिल्लामा १ हजार २ सय २३ जना सक्रिय संक्रमित रहेका छन्।