सिन्धुलीमाढी। सिन्धुली कारागारमा रहेका ५ जना कैदिलाई कैद माफी मिनाहा दिइएको छ। गणतन्त्र दिवसको अबसरमा आज कानुन अनुसार माफी मिनाहा योग्य भएका ५० प्रतिशत कैद भुक्तानी भएका र असल चालचलन भएका ५ जना कैदि लाई माफी मिनाहा दिइएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा १४ औं गणतन्त्र दिवसका अवसरमा ५० प्रतिशत कैदी भुक्तान गरेका र आममाफी दिन उपयुक्त कैदीहरुको बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको हाे। संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका विभिन्न कानुन र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशको आधारमा माफी दिइदै आईएको छ। 

कैद माफी मिनाहा सिन्धुली कारागारका निमित्त जेलर मातृका प्रसाद पहाडी र प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको सिफारिसकामा दिइएको हो । निमित्त जेलर पहाडीका अनुसार कैद माफी मिनाहा पाउनेमा सिन्धुलीका २ जना र जिल्ला बाहिरका ३ जना कैदि रहेका छन्। जसमा सिन्धुली दुधौली -५ का आशिष भनिने क्षितिज बहादुर दनुवार उनी सवारी ज्यान मुद्धामा र दुधौली -११ का राम बहादुर कार्की ज्यान मार्न उद्योगमा कैद माफी मिनाहामा छटेका हुन्। त्यस्तै सवारी ज्यान मुद्धामा जेल परेका रुपन्देहिका गणेश केवज र चितवनका नेत्र बहादुर खड्का र चोरी मुद्दा लागेका धनुषाका असरफ राइन कैद माफी मिनाहामा छुटका हुन्।

कानुन अनुसार मापदण्ड पुगेको र उनीहरुको चालचलन पनि असल भएकाले ५ जना कैदिलाई माफी मिनाहा दिईएको जेलर पहाडीले बताए।