तस्विर: मेरो लगानी

काठमाडौं। नेपाल टेलिकमले आफ्ना सिमकार्ड प्रयोगकर्ताहरूले शेयर बजारको सबै जानकारी एसएमएसको माध्यमबाट लिन सकिने सेवा ल्याएको छ। एसएमको यो सेवाले आईपिओ खुलेको, हकप्रद शेयर, बोनश लगायत बजारको उतारचढावका बारेमा जानकारी दिने टेलिकमले जनाएको छ।

मेरो लगानी र नेपाल टेलिकमको सहकार्यमा तत्काल एसएमएस सेवाबाट ग्राहकले शेयर बजारमा हाल जारी भइरहेका प्राथमिक निष्काशन तथा निकट भविष्यमा निष्काशन हुने तयारीमा रहेका (आईपीओ, एफपिओ, म्युचुअल फण्ड, डिबेञ्चर) हकप्रद, शेयर बजारमा कारोबार भएको आधारमा बजारको समीक्षा (नेप्सेको घटबढ, कारोबार कम्पनी, संख्या र रकम) तथा नाफा कमाउने र गुमाउने कम्पनीहरुको जानकारी पाउने मेरो लगानीले  जनाएको छ।

यसरी एसएमएसबाटै शेयर बजारको जानकारी लिन नेपाल टेलिकमको सिम प्रयोगकर्ताले *31051*2# डायल गरी सेवा सूचारु गर्न सकिने छ। एसएमएस अर्लट्सकाे हप्ताको २० रुपैयाँ र पाेडकाष्ट सुन्न पनि हप्ताकाे  २० रुपैयाँ नै तिनुपर्ने हुन्छ ।

त्यस्तै एनसेल प्रयोग कर्ताले *17174# डायल गरी एसएम सेवा लिन सकिन्छ। जसका लागि प्रति दिन १० तथा एकहप्ताको सेवाका लागि २६ रुपैयाँ लाग्नेछ।