काठमाडौं। सामाजिक सञ्जाल टिकटक प्रमाणिकरण (भेरिफिकेशन) नेपालबाटै हुने भएको छ। यसका  लागि नेपालबाट रिलिज नेपाल प्रा.लि.ले आधारिकारीक रुपमा प्रमाणिकरणको काम गर्ने जनाएको हो।

रिजिज नेपाल प्रा.लि.ले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै टकटकको नेपालका लागि आधिकारीक प्रमाणिकरणको जिम्मा आफूले लिएको जनाएको छ। प्रेस विज्ञप्ति मार्फत उसले आज जेठ ७ गतेबाट टिकटक प्रमाणिकरणको काम थाल्ने बताएको छ। 

प्रेस विज्ञप्ति मार्फत उसले समाजिक सञ्जाल टिकटक प्रयोगकर्ताहरूलाई http://releasenepal.com/tiktok/ लिङ्कमा क्लिक गरेर आफ्नो एकाउन्ट प्रमाणिकरणका लागि आवेदन भर्न सकिने र प्रमाणिकरण भए नभएको ४५ देखि ६० दिनभित्र टुङ्गो लाग्ने जनाएको छ। 

रिलिज नेपालका अनुसार त्यसरी प्रमाणिकरण भएको टिकटक एकाउन्टमा ब्लु टिक देखाउने र त्यो एकाउन्ट मोनिटाइज हुने जनाएको छ। त्यसरी मोनिटाइज भएको एकाउन्टबाट प्रसारण भएको सामग्री बापत हिस्सेदारले निश्चित रकम पाउने विज्ञप्तिमा उल्लेख छ।