विविसीको सहयोगमा। लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकले प्रयोगकर्तालाई आफ्नो प्लेटफर्ममा तीन मिनेट लामो भिडियो पोस्ट गर्न मिल्ने सुविधा उपलब्ध गराउने भएको छ।  हाल १५ सेकेनण्ड र  एक मिनेटअवधिसम्मका भिडियो पोस्ट गर्न सकिने सुविधा रहेको टिकटकमा त्यस अवधिलाई बढाएर ३ मिनेट बनाउने तयारीमा लागेको हो।

टिकटकका प्रडक्ट म्यानेजर ड्रिउ किर्चहोफले एक ब्लगपोस्टमार्फत भनेका छन्: यस परिवर्तनले प्रयोगकर्ताको कथानक प्रस्तुति तथा मनोरञ्जनलाई थप सम्वृद्ध र रोचक बनाउनेछ। सन् २०१८ मा लञ्च भएको टिकटकले आफूलाई युट्युबलगायतका अन्य प्रतिस्पर्धी प्लाटर्फमहरुभन्दा फरक राख्दै आफ्नो प्लाटर्फममा पोस्ट गरिने भिडियोको अधिकतम लम्बाई उक मिनेट कायम गर्दै आएको छ। टिकटक निर्माताका अनुसार आगामी हप्ताभित्र नै  प्रयोगकर्ताहरूले ३ मिनेट लामो भिडियो सहितको बनाइएको फिचर उपलब्ध हुने ब्लग पोस्टमा उल्लेख गरिएको छ।

टिकटक पोस्टमा भनिएको छ – लामो आकारको भिडियोहरुसँगै समयको लचिलोपना हुनेछ र सर्जकहरुलाईे नयाँ तथा विस्तारित सिर्जना गर्नका लागि क्यानभास उपलब्ध हुनेछ ।