काठमाडौं। नेपाल टेलिकमले भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवाको परीक्षण थालेको छ। पहिलो पटक टेलिकमले सीमित मोडलका मोबाइलहरूमा यो सेवा परीक्षणका लागि थालेको जनाएको छ।

टेलिकमको यो सेवाबाट फोरजी मोबाइलमा हाई डेफिनेसन (एचडी) भ्वाइससहित ग्राहकहरुले सेवामा गुणस्तर थपिएको महसुस महसुस हुने जनाएको छ। हालका लागि टेलिकमले सामसङका ३१ वटा मोडेल, साओमीका ५ वटा मोडेल र नोकियाका ३ वटा गरी ३९ मोडेलका स्मार्टफोनमा परीक्षणको रुपमा सेवा उपलब्ध गराएको छ।

सेवा सुचारू गर्न *444# डायल गरी प्राप्त निर्देशन पालना गर्नुपर्छ। यदि तपाईंको मोबाइलमा भीओएलटीई एक्टिभ गर्दा राम्रोसँग चलेन भने *444# डायल गरी अंक ३ थिचेर यो सेवा डिएक्टिभ गर्न सकिने छ।

हाललाई यो सेवा सुचार गराउने ग्राहकले पहिलो पटकमा १०० मिनेट निःशुल्क रुपमा यो सेवा प्रयोग गर्न पाउनेछन् । त्यसका लागि तपाईंले *111# डायल गरी उपलब्ध निःशुल्क प्याकेज रोज्नुपर्ने हुन्छ ।

टेलिकमको यस सुविधामा भ्वाइस नेटवर्कबाटै चल्ने भएकाले यसको शुल्क नियमित भ्वाइस कल गरेकै सरह अर्थात प्रति मिनेट एक रुपैयाँ ५० पैसा प्रति मिनेट लाग्नेछ ।

तपाईंको मोबाइलमा यो सेवा सञ्चालन भएको जानकारी मोबाइल टावरसँगै भीओएलटीई (VoLTE) लेखिएको देखेपछि थाहा पाउन सकिन्छ। सामान्य अवस्थामा देखिएन भने अघि जस्तै डेटा अन गर्ने स्थानमा जानुभयो भने थाहा पाउन सकिन्छ ।

मोबाइलमा ८०० मेगाहर्जको फोरजी सपोर्ट छैन भने तपाईंले टेलिकमको फोरजी र भीओएलटीई सेवा प्रयोग गर्न सक्नुहुन्न। हाललाई १८०० मेगाहर्जको फोरजी सपोर्ट छ अथवा तपाईंको मोबाइलमा सहरी क्षेत्रमा फोरजी सेवा चलिरहेको छ र टेलिकमले भीओएलटीई सेवा चलाउन सकिने मोबाइलको सूचीमा तपाईंले प्रयोग गरिरहेको मोबाइल सेट छ भने पनि यो सेवा चलाउन सकिन्छ।

सामसुङ्को निम्न मोडलरहरू Samsung Galaxy M01s, Samsung Galaxy M02, Samsung Galaxy M02s, Samsung Galaxy M11, Samsung Galaxy M12, Samsung Galaxy M21, Samsung Galaxy M30s, Samsung Galaxy M31, Samsung Galaxy A12, Samsung Galaxy A51, Samsung Galaxy A52, Samsung Galaxy A70, Samsung Galaxy A70s, Samsung Galaxy A71, Samsung Galaxy A72, Samsung Galaxy Note 10 Lite, Samsung Galaxy S10, Samsung Galaxy S10+, Samsung Galaxy S10e, Samsung Galaxy S20, Samsung Galaxy S20+, Samsung Galaxy S20 ultra, Samsung Galaxy S20 FE, Samsung Galaxy S21, Samsung Galaxy S21+, Samsung Galaxy S21 Ultra, Samsung Galaxy Note 10, Samsung Galaxy Note 10+, Samsung Galaxy Note 20, Samsung Note 20 Ultra र Samsung Galaxy Z Fold2

 साओमीको निम्म मोडलहरू Xiaomi Redmi 9 Prime, Xiaomi Mi10, Xiaomi Redmi 9C, Xiaomi Redmi Note 9 Pro,  Xiaomi Redmi 8A, र नोकियाको Nokia 5.3, Nokia 7.2, Nokia 3.4 मा सुचारू गर्न सकिने छ।