तस्विर: मण्डला थिएटरको फेसबुक पेजबाट

काठमाडौं। मण्डला थिएटर नेपालको पहिलो पुर्णाङ्कको नाटक 'मितज्यू' लाई युट्ट्युबबाट सार्वजनिक हुने भएको छ। नाटक सोमनाथ खनालद्वारा लेखिएको हो भने दयाहाङ राईले निर्देशिन गरेका छन्।

कोभिड १९ सङ्क्रमको जोखिम बढेसँगै नाटक मितज्यू मण्डलाले आफ्नो आधिकारिक युट्युव च्यानलमार्फत रिलिज गर्न लागेको हो। नाटक मितज्यू दुईजना बृद्धाको ‘फ्लाशब्याक’ लाई समेटिएको कथामा आधारित छ।

नाटक मार्फत नेपाली संस्कृतिमा रहेको मितेरी साइनोको अन्तरकुन्तरका कथा प्रस्तुत गरिएको छ। नाटक भोली बैशाख ३१ गते साँझ ५ बजे मण्डला थिएटरको अफिसियल युट्युब च्यानल मार्फत रिलिज हुनेछ।