काठमाडौं। नेपाली कथानक चलचित्र ‘कबड्डी–४’ फिल्म हेर्न गएका दर्शकले नायिका मिरुना मगरलाई दुर्ब्यवहार गरेको विवादमा फुर्वाले माफी मागेपछि दुई पक्षले सम्झौता गरेर विवाद टुग्याएका छन्।

'प्रदर्शनरत नेपाली कथानक चलचित्र कवड्डी द फाइनल म्याचको दर्शकसँग साक्षतकार गर्ने क्रममा सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि भएको अभद्र व्यवहार सम्बन्धी घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मगरसमक्ष माफी मागेको र अभिनेत्री मगरले पनि भाई सम्झेर माफी दिएकी छिन्।’

दुबै पक्षवीच भएको सम्झौता पत्रमा लेखिएको छ, ‘प्रदर्शनरत नेपाली कथानक चलचित्र कवड्डी द फाइनल म्याचको दर्शकसँग साक्षतकार गर्ने क्रममा सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि भएको अभद्र व्यवहार सम्बन्धि घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मगरसमक्ष माफी मागेको र अभिनेत्री मगरले पनि भाई सम्झेर माफी दिएकी छिन् ।’

सम्झौतामा नायिका मिरुनाले कुनैपनि जाति, धर्म, सम्प्रदायप्रति असर पुग्ने आसयले कुनै कार्य नगरेको सम्झौता पत्रमा स्पष्ट पारेकी छिन् । ‘आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्द धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छिन्’ सम्झौता पत्रमा उल्लेख छ।

फिल्म हेर्न सुन्धारास्थित सिभिल मलको क्युएफएक्स हलमा पुगेका फूर्पा तामाङले आफुलाई दुर्व्यवहार गरेको भन्दै अभिनेत्री मिरुना तामाङले थप्पड हानेकी थिइन्। साथै उनले तामाङलाई प्रहरीको जिम्मा लगाएकी थिइन्।

प्रहरीले वौद्ध भिक्षुसमेत रहेका तामाङलाई हिरासतमा राखेपछि उनका पक्षधर ‘रिहाइ’को माग गर्दै विरोधमा उत्रिएका थिए । उनीहरुले विरोध प्रदर्शन गर्दै चावहिलको केएल टावरमा फिल्मको पोस्टर जलाएका थिए । विवादकै कारण केएल टावरस्थित एफक्युब मल्टिप्लेक्सले फिल्म कवड्डी–४ को प्रदर्शन स्थगित गरेको थियो।