पोखरा। आदिवासी जनजाति चलचित्र महासंघ गण्डकी प्रदेश समिति गठन भएको छ। चलचित्र निर्देशक उमान सिं गुरुङको अध्यक्षतामा नौ सदस्यीय पदाधिकारीसहित शनिबार प्रदेश समिति गठन गरिएको हो।

नवगठित समितिका अध्यक्षमा उमान सिं गुरुङ, उपाध्यक्षमा क्रमश: शेर बहादुर पिठा मगर (सन्तोष ), सोम बहादुर गुरुङ र विकास ताम्राकार, महासचिवमा गोबिन्द पुन मगर, सचिवमा गल बहादुर गुरुङ र सुर्य सुनुवार, कोषाध्यक्षमा राधा गुरुङ (मिनु ) र सह कोषाध्यक्षमा बिमल भुजेल सर्वसम्मत रुपमा चयन हुनुभएको छ।

शनिबार दि भिलेज रेस्टुरेन्ट एण्ड पार्टी होम चिप्लेढुङ्गा पोखरामा आयोजित गण्डकी प्रदेश समिति गठन कार्यक्रममा गुरुङ, मगर, नेवार, सुनुवार, भुजेल चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो। आदिवासी जनजाति चलचित्र महासंघ संघिय परिषद सचिवालय अध्यक्ष अमृत बहादुर सुनुवारको उपस्थितिमा उक्त समिति गठन गरिएको हो।