काठमाडौं: विभिन्न लोकदोहोरी विधामा जादुमयी स्वर दिन सफल चर्चित गायिका कल्पना दाहाल र कार्साङ तामाङको रमाइलो मौलिक दोहोरी एल्बम"जिन्दगानी बगेको खोली हो" नामक एल्बमको म्युजिक भिडियो सार्वजनिक भएको छ।

कार्साङ तामाङ अफिसियल युट्युब च्यानल मा सार्वजनिक भएको लय शब्द तथा सिर्जना कार्साङ तामाङको रहेको एल्बममा कार्साङ तामाङ, कल्पना दाहाल र रुपनारायण लामिछानेको स्वर रहेको छ। आफ्नो नृत्यकला बाट अत्याधिक मन जित्न सफल जोडि गणेश लामा, सिता लामा र पार्वती तामाङको मुख्य अभिनय रहेको उक्त म्युजिक भिडियोलाइ को कुमार लामिछानेले निर्देशन, दिनेश पराजुलीले छायांकन,माधव श्रेष्ठले नृत्य निर्देशन तथा उत्तर राना मगरले सम्पादन गरेका छन। गायक तथा सर्जक कार्साङ तामाङको यस अघि पनि सिन्धु मेलम्ची हाम्रो गाउँ,धोका दियौ किन,जान पाइन घरमा जस्ता लोकप्रिय सिर्जनाहरु बजारमा आइसकेका छन्।