काठमाडौं। अमरदीप सुनुवारको शब्द रचनामा रहेको "लिखु नदिको तिरै तिर" युट्युब मार्फत् सार्वजनिक भएको छ। ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहनु भएका सुनुवारको शब्द रचनामा रहेको गीतमा महेश मुखिया सुनुवारले आवाज दिनु भएको छ।

लेखक सुनुवार निजामती सेवामा रहेर सार्वजनिक सेवा प्रवाहको अलवा आलेख, कविता, गीत, मातृभाषाका रचनाहरुमा समेत कलम चलाउनु हुन्छ। सुनुवारका थुप्रै रचनाहरूमध्ये सांगितिक प्रस्तुति गीत "लिखु नदिको तिरै तिर" पहिलो पटक युट्युबमार्फत् असोज २९ गते सोमबार सार्वजनिक भएको हो। गीतमा महेश मुखिया सुनुवारको आवाज रहेको छ भने एरेन्जमा सन्जय हमाल, मिक्स मास्टेरिङमा गोविन्द सोनी र रेकर्डिस्टमा सुवास कुथुमाई राई रहेका छन् ।