भनिन्छ पढाएको सुनेर सिकारुले जम्माजम्मी ५ प्रतिशत जान्दछ, आफैले पढेर १० प्रतिशत, अडियो/भिजुअलको माध्यमबाट ३० प्रतिशत र छलफल/बहसको माध्यमबाट झण्डै ५० प्रतिशत बुझ्न सक्दछ । यहाँ यो कुरा जोड्नुको मुख्य कारण चलचित्र अडियो, भिजुअल हुने भएपनि यसमा रहेको कथा वस्तु, परिवेश तथा पात्रहरु र उनीहरुको  भुमिकाले सकारात्मक प्रभाव पार्दछ भने व्यक्ति र समाजलाई सहिबाटोमा हिँड्न मद्दत गर्दछ ।

 

यसर्थ, नेपाली बजारमा चलेका केहि नेपाली फिल्महरु छन्, जसले नेपाली समाजको चित्रण गर्दछ र समाजलाई नयाँ गति दिन पाठ सिकाउने र सकारात्मक भावको विकास गराउने नेपाली चलचित्रहरुको लिस्ट तयार पारेका छौँ । जुन नेपाली समाजले रुचाईएका र हेर्नै छूटाउन नहुने चलचित्रहरुमा पर्ने गरेको छ ।

 

हामीले तयार गरेको नेपाली चलचित्र हेरिसकेपछि प्रतिक्रियाको आशा राखेका छौँ । रिलिज भएको मिति अनुसारका नेपाली चलचित्रहरु;

 

१. कुसुमे रुमाल, १९८५

२. बसन्ती, २०००

३. दर्पण छाँया, २००१

४. नुमाफुङ, २००१

५. मुना मदन, २००३

६. मेरो एउटा साथी छ, २००९

७. सानो संसार, २००८

८. कागबेनी, २००८

९. लुट, २०१२

१०. झोला, २०१३

११. कबड्डी, २०१४

१२. टलकजंग भर्सेस टुल्के, २०१४

१३. कालो पोथी, २०१५

१४. कबड्डी कबड्डी, २०१५

१५. पशुपतीप्रसाद, २०१६

१६. सेतो सुर्य, २०१६

१७. छक्का पञ्जा, २०१६

१८. जात्रा, २०१८

१९. प्रसाद, २०१८

२०. बुलबुल, २०१९

२१. गोपी, २०१९