तस्विर: स्पोटलाइट

एजेन्सी। सामाजिक सञ्जाल टिकटकले कार्यकारी प्रमुख (सिईओ)मा शोउजी चेउलाई नियुक्त गरेको छ। उनी बाइटडान्सका वित्तीय अधिकृत थिए ।

चिनिया स्मार्टफोन कम्पनी शाओमीको उच्च कार्यकारी तहमा रहेर पनि काम गरेका चेउलाई आठ महिनादेखि रिक्त रहेको टिकटकको सिईओमा नियुक्त गरिएको हो।

लोकप्रिय सामाजिक सञ्जाल टिकटकलाई अमेरिकी धम्की पछि यसअघिका सिईओले राजिनामा दिएका थिए।

हाल, टिकटकका मासिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या विश्वभर ६८ करोड ९० लाख रहेको अनुमान छ।

-एजेन्सीको सहयोगमा