काठमाडौं। नेपाल प्रज्ञा प्रतिष्ठानको ६४ औँ वार्षिक उत्सवको अवसरमा आगामी असार ९ गते राष्ट्रिय कविता महोत्सव हुने भएको छ।

प्रज्ञा प्रतिष्ठानले सूचना जारी गर्दै राष्ट्रिय कविता महोत्सवमा भाग लिन कविहरूलाई अनुरोध गरेको छ। सूचना मार्फत प्रतिष्ठानले समसामयिक विषयमा आधारित भएर नेपाली भाषामा लेखिएको १५० शब्दसम्मको आफ्नो कविता २०७८ जेठ २५ गतेसम्म प्रतिष्ठानमा पठाउन नेपाली कविहरूलाई अनुरोध गरेको छ। 

राष्ट्रिय कविता महोत्सवमा प्रस्तुत गरिने कविता महोत्सव अगाडी कुनै पनि  विद्युतिय वा छापामाध्यममा प्रकाशन नभएको हुनुपर्ने प्रतिष्ठानले जनाएको छ। साथै, सहभागी कविहरूले हालसालै खिचेको फोटोसमेत कविता सँगै पठाउनु पर्नेछ। 

महोत्सवमा उत्कृष्ठ तीनलाई पुरस्कार र पदक सहित सम्मान गरिने आयोजकले जनाएको छ। प्रथ हुनेलाई स्वर्ण सहित नगद ५० हजार रुपैयाँ, द्वितीय हुनेलाई रजत पदकसहित ४० हजार रुपैयाँ र तृतीय हुनेलाई कास्य पदकसहित ३० हजार रुपैयाँ प्रदान गरिने छ। 

कविता पठाउनको लागि इमेल ठेगाना [email protected] र थप जानकारी www.nepalacademy.gov.np बाट लिन सकिने छ।