-देबकृष्ण खड्का

एउटा पिर सुरुङ मा गाउघर परेको छ ।
अर्को पिर व्यावसायिको हात मा सागर परेको छ 
खै कसरी नजर पर्यो यो सुन्दर लिखुमा !
लेक बेसि पहाड हाम्रो सम्पदा अनि बगर परेको छ!

हाम्रै गाउको भुगोल माथी खेलबाड  गर्यौ के गरौं 
पिके हाइड्रो तिम्रो नियती माथी हाम्रो नजर परेको छ
लिखु लाई सुकायर हामी माथिनै चतुर्‍याइँ गर्यौ किन 
कि लिखु पिके हाइड्रो लाई जनता रुहाउने टेन्डर परेको छ?

बाबु ले सोध्ला पछि बा तल फेदिमा ढुंगाको सेतो बगैंचा के हो भनेर ।
के देखायर बुझाउ बाबू त्यो लिखु खोला को निशाना हो भनेर ।
नातिले सोध्ला पछि बा हाम्रो गाउँ किन यति सुख्खा र सुनसान भनेर ।
कसरी बुझाउ बाबू बिहानै लिखुको आवाज ले उठाउने मलाइ  बेलुका त्यही आवाज सङ्गै निदाउथे भनेर ।

लिखु लाई फर्काउदै छन अब गाउँ भित्रभित्रै हेर 
के बस्ला खै पहाड्को भुगोल अनि पानी भित्रभित्रै बहेर 
सभ्यता सस्कृती अनि परम्परा को अस्तित्व बोकेको यो लिखु
बिकास को नाममा जनता झुक्याउदै लिखु बेच्दैछ्न यति खेर ।

लिखु लाई लिखु जस्तै भयर बग्न देउ ।
हाइड्रो चलाउछौ भने जनता को कुरा सुनी देउ ।
तिम्रो अहमता ले नै जित्छ्ह भन्ने लाग्छ भने
तिम्रो मालिक लाई गयर त्यहा काम गर्न सकिँदैन भनिदेउ।

-लमेचेर, काःत, खिजीदेम्बा ४, ओखलढुङ्गा