-दिल भुजेल, ओखलढुङ्गा

ओ लिखुsss
    कसरी दिलाउँ म तिमिलाई न्याय,म निर्दोष भएर पनि 
दोषी छु!
     कसरी लेखौं म तिम्रो कथा,
म त आफैं पिडित गाउँले भएर पनि पराई भएको छु!!
 
तिमी हिँड्ने बाटोहरु सबै बगर भए
तिमी सँगै रम्ने जलचर सबै खेर गए।
कहाँ गर्ने दाहसंस्कार कहाँ गर्ने पुजा
हेर्दा हेर्दै तिम्रो जीवन भयो धुजाधुजा।।
 
ओ लिखुsss

राती हिंड्नी तिम्रा साथी अब कहाँ बस्लान?
अत्यचारै भए पछि पक्कै गाउँ पस्लान।
तिमी सँग रमाए जस्तो कहाँ होला शु:ख
हेर्दै जाउँ गाउँमा अब अनेक आउँछ दु:ख।।

ओ लिखुsss

ओमतिर्थ शिरै देखि तिम्रो बाटो मोडे
स्वार्थ अनि पैसोको लागि मान्छेले धर्म छोडे।
लिखुरिमाई, हिमगंगा जपि रहन्छौं तिम्रो नाम
लिखुखोला नहराए खुशी हुन्छिन नेपाल आमा।।

ओ लिखुsss

कति थिए सेलेले कति थिए पुल
किन गरे स्वार्थिले तिमी प्रती भुल।
वारिपारी जाने आउने गर्दै गर्दा हामी
कहाँ चढाउने तिमिलाई अब पाती अनि फुल।।

ओ लिखुsss
      कसरी दिलाउँ म तिमिलाई न्याय?म निर्दोष भएर पनि दोषी छु
    कसरी लेखौं म तिम्रो कथा
मत आफैं पीडित गाउँले भएर पनि पराई भएको छु।