एजेन्सी । अब सोसल मिडिया फेसबुकबाटै इस्टाग्रामको स्टोरी हेर्न मिल्ने भएको छ । फेसबुक सीईओ मार्क जुकरबर्गले सोसल नेटवर्किङ साइट फेसबुक र सोसल मिडिया प्लाटर्फमहरु इन्स्टाग्राम र ह्वाट्सएपलाई एकीकृत गर्ने घोषणा गरेसँगै फेसबुकबाट इन्स्टाग्राम स्टोरी हेर्न मिल्ने बनाईएको हो । 

 

गत महिना फेसबुकले उसको एन्ड्रोइड तथा आईओएस एपमा मेसेन्जर च्याट र इन्स्टाग्राम डाइरेक्ट मेसेजलाई मर्ज गर्ने प्रयास सुरु गरि सकेको छ । फेसबुकले यस्तो फिचरको परीक्षण थालेको छ, जसबाट इन्स्टाग्राममा पोष्ट गरिएका सामग्रीहरु फेसबुकबाटै हेर्न मिल्ने छ ।

 

फेसबुकले सीमित प्रयोगकर्ताका बीचमा यो परीक्षण जारी रहेको भन्दै फेसबुकले प्रयोगकर्ताहरुले प्रतिक्रिया दिन सक्ने जनाएको छ  । त्यस्तै फेसबुकको यो नयाँ फिचरले विद्यमान सबै खालका प्राइभेसी सेटिंग्सलाई यथावत राखेको पनि जनाएको छ । जसमा इन्स्टाग्राम प्रयोगकर्ताका लागि आफ्ना स्टोरिज फेसबुकमा देखाउने कि नदेखाउने भन्ने अप्सन रहनेछ ।

साथै फेसबुकले निकट भविष्यमा नै ह्वाट्सएपसँग पनि साझेदारी गर्ने बताइएको छ ।