१. याद

रातको त्यो चिसो
ठिर्याउने जाडो त के ?
पूर्णिमाको त्यो जून
कति सुन्दर उज्यालो दिएकै छ त ।

बगैंचामा अनेक थरीका फूल
फुले त के ?
गुलाफको त्यो रातो फूलले
आखिर प्रेमको स्वभाव दिएकै छ त ।

तिमी साथमा छैनौ त के ?
तिम्रो हाँसो अनि रूपको यादहरू
झलझली आएकै छ त ।

 

२. माया प्रेम

आजिवका छन् जिन्दगी
हुँदा स्वर्ग झैं लाग्ने
नहुँदा भू-कम्पले ध्वस्त भएको
पृथ्वी जस्तो हुने माया प्रेम ।