के कुरा गर्नु आजभोलीका मायाको
गफै गरेर के नै भा'छ र 
भो माया मारौं निष्ठूरी मायाको
सम्झिरहँदा के नै भा'छ र ।

दिन बित्यो- रात बित्यो सम्झनामा
आँशु सुकाइ आँखाबाट के नै भा'छ र
एक टुक्रा मुटुले सुसाइड गरेछ हिजो राती
अर्को टुक्रा हाँस्दै मलामी आ'थ्यो बिहान
आधा मरेनि उसलाई के नै भा'छ र ।

छोडिने दुखि हुन्छन्- खुसी हुन्छन् छाड्नेहरु
हिँडे हुन्छ छोडिने पनि- पर्खँदा चोखो को नै फर्केको छ र
भो कुरै छाडौँ मिलन बिछोडको
कथै लेखेँ मैले मेरो निष्ठुरी मायाको
खै हामी कहाँ एक भयौँ र ।।