काठमाडौं । गीतकार दिपक बस्नेतको "जीवन यस्तै यस्तै" बोलको नयाँ गीत सार्वजनिक भएको छ । जपानमा बसोबास गर्दै आएका बस्नेतले नेपाल फर्किएको समयमा लगातर आफ्नो गीतहरु रेकर्ड गर्दै सार्वजनिक गरिरहेका छन् ।

गायक जगदिस समालकको एकल स्वर रहेको उक्त गीतमा संगीत भने बस्नेत आफ्नै रहेको छ ।

राष्ट्रभक्ति गीतमा कलम चलाउने बस्नेतको केही समय अघि "तातो रगत अझै बाँकी छ" बोलको गीत सार्वजनिक भएको थियो ।