काठमाडौं। सुनुवार सेवा समाज बुढानिलकण्ठ नगर समिति गठन भएको छ। शनिबार आयोजित प्रथम नगर सम्मेलन मार्फत प्रसाद सुनुवारको अध्यक्षतामा सुनुवार सेवा समाज संघीय समितिको अध्यक्ष रणवीर सुनुवारको प्रमुख आतिथ्यतामा सु.से.स. बुढानिलकण्ठ नगर समिति गठन भएको हो।

काठमाडौं  जिल्लास्थित बुढानिलकण्ठ नगरपालिकामा बसोबास गर्ने सुनुवार समुदायले प्रसाद सुनुवारको अध्यक्षतामा सात सदस्यीय नगर समिति गठन गरेको हो। सुनुवार समुदायको सामाजिक संस्थाको रुपमा ९४-२०४८/४९ मा दर्ता भएको "सुनुवार सेवा समाज" को नगर समितिको रूपमा पहिलो पटक बुढानिलकण्ठ नगर समिति गठन भएको छ। प्रसाद सुनुवारको अध्यक्षमा गठित सुनुवार सेवा समाज नगर समितिले आज नगर सम्मेलन गरी समितिलाई बैधता दिने काम सम्पन्न गरेको छ। नगर समितिमा प्रसाद सुनुवारको अध्यक्षतामा सात सदस्यीय नगर समिति गठन भएको छ। उपाध्यक्षमा लुक माया सुनुवार, सचिवमा चन्द्र बहादुर  सुनुवार, कोषाध्यक्षमा बुद्धी सुनुवार र सदस्यहरूमा एलिसा सुनुवार, सीता सुनुवार र पदम बहादुर सुनुवार रहेका छन्।

सम्मेलनमा सुनुवार सेवा समाज संघीय समितिका  प्रथम उपाध्यक्ष अमृत बहादुर सुनुवार, सुनुवार सेवा समाज संघीय समितिका सल्लाहकार टीकाराम सुनुवारको विशेष आतिथ्यता रहेको थियो भने, सुनुवार सेवा समाज संघीय समितिका सचिव उत्तम कातिच, कोषाध्यक्ष शोभा सुनुवार, सुनुवार विद्यार्थी समाज संघीय समितिका अध्यक्ष सागर सुनुवार लगायत काठमाडौं जिल्ला तथा नगरहरूको प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो। 

सुनुवार सेवा समाज संघीय समितिको १० औँ महाधिवेशन नजिकिँदै गर्दा सुनुवार समुदाय बसोबास भएको विभिन्न जिल्ला, नगर तथा गाउँपालिकाहरूमा यहि चैत्र २५ गतेसम्म संगठन पुनर्गठन तथा अधिवेशन गरी सक्ने संघीय समितिको कार्ययोजना अनुरुप विभिन्न जिल्ला, नगर तथा गाउँपालिकाहरूमा संगठन विस्तार, पुनर्गठन र अधिवेशन हुने काम भइरहेको छ।