झापा। विगत लामो समय देखि अधुरो रहेको सुनुवार सेवा समाज वडा समिति शिवसताक्षी नगरपालिका वडा नं. -१, धरमपुर, झापाको कार्यालय भवन उद्घाटन भएको छ। सुनुवार सेवा समाज वडा नं. -१ समितिले शनिबार एक कार्यक्रमबीच भवन उद्घाटन गरेको हो।

सुनुवार सेवा समाज शिवसताक्षी वडा नं. १ समितिले भवन निर्माणका  लागि ५९ सालमा जग्गा खरिद गरि निर्माण कार्य थालनी गरेको थियो। वि.सं. २०६८सालमा सभाहल र कार्यालयका स्थापनाका लागि तत्कालीन सुनुवार सेवा समाज गाउँ समितिको सचिव/वर्तमान अध्यक्ष भिमबहादुर सुनुवारकै विशेष सक्रियतामा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय पहल गर्नु भएको थियो।

त्यस पश्चात जि.वि.स. झापाले आ. व. २०६८/ ०६९ को बजेटबाट रु. ३,००,०००।- विनियोजना गरेपनि भवन निर्माणको कामले पूर्णना पउन सकेको थिएन। तत्कालिन सचिव/वर्तमान अध्यक्ष सचिव भिमबहादुर सुनुवारको पहलकदमीले शिवसताक्षी नगरपालिकाबाट आ.व. २०७७/०७८ को बजेटबाट रु.५,००,०००।- रकम विनियोजन गरे पश्चान अधुरो भवन निर्माणका भई उद्घाटन भएको बताउनु भएको छ। 

सुनुवार सेवा समाजका वडा समिति अध्यक्ष भिमबहादुर सुनुवारको अध्यक्षता र शिवसताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार सेर्माको प्रमुख आतिथ्यतामा नव निर्मित कार्यालय भवन उद्घाटन भएको छ। उद्घाटन कार्यक्रममा सुनुवार सेवा समाज झापा जिल्ला अध्यक्ष अबिर बहादुर सुनुवार, नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शिवसताक्षीका अध्यक्ष मणिकुमार माझी, सुनुवार सेवा समाज धरमपुरका पूर्वाध्यक्ष तथा वर्तमान सल्लाहकार खड्गबहादुर सुनुवार, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च/संघीय लिम्बुवान मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, वडा समिति कार्यालयका वडा सदस्य मनबहादुर श्रेष्ठलगायतको विशेष आतिथ्य र सुनुवार सेवा समाज झापा जिल्ला उपाध्यक्ष देवीबहादुर सुनुवार, सुनुवार सेवा समाज शिवसताक्षी नगरपालिकाका कोषाध्यक्ष हेमा सुनुवार, सदस्य अमरदीप सुनुवार, सदस्य भवानी शंकर सुनुवारलगायतको समुपस्थिति रहेको  थियो।

सुनुवार  सेवा समाजको वडा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा संस्थाका अध्यक्ष भिमबहादुर सुनुवारले उहाँको स्व. बुबा कृष्णबहादुर सुनुवार, स्व. आमा चन्द्रमाया सुनुवार, स्व. दाजु डाकमान सुनुवार र स्व. कान्छा भाइ पदम सुनुवारको स्मृतिमा सुनुवार सेवा समाज वडा समिति शिवसताक्षी न. पा.- १, धरमपुरको सामाजिक भवन निर्माण तथा जग्गा खरिद गर्न एक लाख उन्तीस हजार सात सय पैंसट्ठी रुपैयाँ सहयोग प्रदान गर्नु भएकोले शिलालेख अनावरण गर्नुको साथै पूर्व~पश्चिम लोकमार्ग दक्षिण कार्यालय जाने मार्ग स्थित किरात सुनुवार चोकको बोर्ड उद्घाटन प्रमुख अतिथि चन्द्रकुमार सेर्मा ज्यूको हस्तबाहुली बाट भयो।