सपना जस्तै एउटा  विपना देखेको छु मैले
सहिदको रगतले  इतिहास लेखेको छु मैले।।

टुसारो पर्थ्यो, हिउँ पर्थ्यो, जाडोले कक्रन्थ्यो
मुटुभित्रको प्रेमले त्यो  विपना सेकेको छु मैले।।

कसैले सोधे तिमलाई साँध मेरो विपनाको यदि
आफ्नै हाड र छालाले सीमाना छेकेको छु मैले।।

लान्छना लगाए मेरो विपनाको पाइलालाई कतै
पुर्खाको पसिनाले सिचेको भूमी टेकेको छु मैले।।

सपना जस्तै एउटा  विपना देखेको छु मैले
सहिदको रगतले  इतिहास लेखेको छु मैले।।

            (लेखक आचार्य श्रीकृष्णाश्रम मा. वि., कन्याम, इलामका शिक्षक हुनुहुन्छ ।)