छेउमा आई बस भन्छु, ठुस्कि बस्छौ तिमी
ठुस्किएरै बसे पनि मेरै छेउमा बस तिमी ।

मनका कुरा खोली तिम्रो मनलाई भुलाई दिउँला
ठुस्किन छोडी अब गफैगफमा भुलौँला ।

म हसाउँने कुरा गर्छु तिमी दिल खोलेर हाँस
तिम्रो हाँसोमा म पनि उसै गरी हाँसिदिउँला ।

मान्छौ भने तिमी, दिल साट्ने कुरा गरौँला
अझै भनौं भने प्रिय माया प्रेम गरौँला ।

म मेरो मनका कुरा गर्छु, तिमी तिम्रो दिल खोल
तिमी तिम्रो मनका कुरा गर म मेरो दिल खोलौँला ।

तिमी राजीखुशी भयौ भने तिम्रो हात माग्न आउँला
डोलीमा सजाई घरमा ल्याई जिन्दगीमा रमाउँला ।।