अन्धकारमा  
टुकि बत्ती बाली 
म आफ्नो भाग्य 
आफै खोजिराछु,

एकान्तमा एक्लै बसि 
भबिस्यलाई सोचिराछु ,
बिगतमा भएको गल्तीलाइ 
सुधारेर नयाँ गन्तव्य रोजिराछु

अरुलाइ जित्नु छैन मलाइ(२)
बस !
आफुले आफैलाइ चिन्न खोजिराछु

म आफु भित्र आफ्नै पात्र सोचिराछु,

धेरै भयो अरुको पछि मरिमेटेको
अब आफैलाइ बुझि नया गन्तब्य रोजिराछु

-विशाल श्रेष्ठ, दक्षिण कोरिया