- लोक चेम्जोङ्

पृथ्वीको उत्पती सँगै
लार्भाहरूबाट निस्केका 
अनैकौ विशालु ग्याँसहरू
रोग व्याधीहरू 
सबै सबैखाले
चुनौतिहरूको सामना गर्दै
यो सुन्दर जमिन निर्माण गर्‍यौ ।

आफ्नै हजारौ प्रयोगहरू असफल हुँदै
नयाँ नयाँ रचनाहरू, सिर्जनाहरू गर्दै 
ढुङगा, माटो, हावा, पानी सबै सबैको उपयोग गर्दै,
यो सुन्दर बस्ती निर्माण गर्‍यौँ ।

तिमीले बनाएका यि सुन्दर बस्तिमा
मानव समाजको निर्माण गर्‍यौँ
खेती गर्न सिकायौ 
सिकार गर्न सिकायौ
मानिसलाई बाच्नका लागी चाहीने
आवश्यक वस्तुहरू जुटाउन सिकायौ।

हेर्दै डरलाग्दो मान्छे निल्ने बाघलाई 
घरमा ल्याएर बिरालो बनायौ
अर्नालाई भैसी बनायौ
जरायोलाई बाख्रा बनायौ
बदेललाई सुगुर बनायौ 
ठूलो ठूलो मृगहरूलाई गाई बनायौ । 

तिम्रो सिप र कला कती महान छ 
मानव समुदायसँगै प्रकृतिको सुन्दर
अनुपम उपहारलाई सजाएर
लाखौ वर्षदेखि आज पर्यान्त 
यो पृथ्वीमा भएका सबै सबै
वस्तुहरूलाई जोगाएर राख्यौ ।

ति हाम्रा महान आदिवासी 
भूमिपुत्रहरूले जोगाए राखेको
यो विशाल भण्डारबाट
आज पृथ्वीका मानिसहरूले
अनेकौ विज्ञान प्रविधिको विकास गरे
अर्को ग्रह सम्म पत्ता लाए 
रकेट साईसको विकास गरे
जमाना डिजीटल भयो 
विज्ञानले न्यूयोर्क बाट 
काठमाण्डौमा हेर्न, देख्न, कुरा गर्न 
काम गर्न सकिने बनायो ।

यो सबै देन ति महान हाम्रा आदिवासी पूर्खाहरूको हो 
जस्ले प्रकृतीलाई जोगाएर, संरक्षण गरेर राखे
त्यसकारण विज्ञानको विकास भयो,
नत्र प्राकृतिक विज्ञान भन्दा बाहीर गएर
आजसम्म कृतिम विज्ञान छ भन्ने पत्ता लाएन ।

तिमीले जोगाएको प्रकृती अध्ययन गरेरै
आईन्सटाईन जन्मिए,
ग्यालिलियो उदाए,
लुईस पास्चल, अन्य अनैकौ वैज्ञानिक जन्मिए ।

आज बैरिहरू आए,
प्राकृतिक ध्वस्त पारे 
त्यो भन्दा पहिला राजनिती लुटे
अधिकार खोसे
जमिन खोसे
र तिम्रा सन्ततिलाई दोस्रो दर्जाको नागरीक बनाए, रौटे बनाए ,
साच्चै नै सबै दाँतहरू झारेर भुटेको मकै दिए खानलाई ।

त्यै पनि हामीलाई 
हाम्रो ईतिहास 
हाम्रो पहिचान 
हाम्रो पूर्खाको सीप कलाले
भरिपूर्ण छौँ, 
तिम्रो ईतिहास र पहिचान 
जोगाउन अब अन्तिम युद्ध लड्नेछौ
र यो विशाल सुन्दर संसारलाई
फेरी पुनर्निर्माण गर्नेछौँ।

-लेखक: नेपाल आदिवासी जनजाति महासंघ अमेरिका निवर्तमान अध्यक्ष।