खाङसाङ। फिक्कल गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार पार्वती सुनुवार निर्वाचित हुनु भएको छ। यस अघि उपाध्यक्ष रहनु भएको सुनुवार गठबन्धनको उम्मेदवार निर्प बहादुर भुजेललाई ४५ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो। 

फिक्कल गाउँपालिकामा गठबन्धनसँग निकै रोचक प्रतिस्पर्धा रह्यो। अन्तत: गठबन्धनको उम्मेदवारलाई ४५ मतले पछि पार्दै सुनुवार अध्यक्षमा निर्वाचित हुनु भयो। 

त्यस्तै, गाउँपालिकाको उपाध्यक्षमा लोकप्रियमत सहित राजु बराल उपाध्यक्ष निर्वाचित हुनु भएको छ। 

गाउँपालिकाको वडा नं. १ मा गठबन्धनका उम्मेदवार होमबहादुर सुनुवार, वडा नं. २ र ३ मा नेकपा एमालेका उम्मेदवार क्रमश शंकर भण्डारी र टेक बहादुर रजन मगर, वडा नं. ४ मा गठबन्धनमा उम्मेदवार मोहन सिजाली मगर र वडा नं. ६ मा नेकपा एमालेका उम्मेदवार कुलेन्द्र मगर निर्वाचित हुनु भएको छ।