दोलखा। तामाकोशी गाउँपालिका वडा नम्बर ७ हावाको वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार खुस बहादुर सुनुवारको प्यानलै विजयी भएको छ। बुधबार विहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार सुनुवार आफ्ना निकटतम प्रतिस्पर्धि नेपाली काङ्ग्रेसका उम्मेदवार सुरेन्द्र सुनुवारलाई १ सय १ मत अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो।

विजयी खुस बहादुरले ४ सय ४० मत प्राप्त थर्नुभएको छ भने पराजित सुरेन्द्रले ३ सय ३९ मत प्राप्त गर्नुभएको छ । वडा अध्यक्षमा विजयी सुनुवार नेकपा एमाले तामाकोशी गाउँपलिका संगठन कमिटीका उपसचिव समेत हुनुहुन्छ ।