तानसेन। पाल्पाको सदरमुकाम तानसेन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । गठबन्धनका उम्मेदवार श्रेष्ठले ११ हजार २७३ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

श्रेष्ठका प्रतिस्पर्धी नेकपा (एमाले) पाल्पाका अध्यक्षसमेत रहनुभएका धनेन्द्रराज घिमिरेले १० हजार ३९४ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का प्रतीक्षा सिंजाली ११ हजार १५१ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका शशि श्रेष्ठले १० हजार ३७२ मत पाउनुभएको छ ।

कूल १४ वटा वडा रहेको तानसेनमा वडा नं १, २, ३, ४, ५, ६, ७, ११ र १२ नेपाली कांग्रेस र ८, ९, १० र १४ मा एमाले विजयी भएको छ भने वडा नं १३ मा माओवादी केन्द्र विजयी भएको छ । अघिल्लो निर्वाचनमा एमालेका प्रमुख र उपप्रमुख निर्वाचित भएका थिए । कूल ३३ हजार ७६९ मतदाता रहेको तानसेनमा २३ हजार २५३ मत खसेको थियो ।