धेरै तिता
कम मीठा स्वाद
लिएको जिब्रो जिन्दगी !
जतिनै परिभाषा दिएपनी
स्वास लिने र फाल्नेको खेल हो जिन्दगी !!

खुसी हुँदा सब भुलेर हास्ने
दुख पर्दा सबै सम्झेर काप्ने
पुतलिझैँ रस चुस्दा चुस्दै
हुन्डरीमा बेसुर फस्ने च्रक हो जिन्दगी !!

जब स्वास फाल्न छोडिन्छ
जीवनको कथामा पुर्ण बिराम लाग्छ।

समय भएपछी
माकुराको जालमा परिन्छ
जब आत्माले प्राण छोड्दछ
कागज सरी जलिन्छ-कित गाडिन्छ,
जे होस् - खरानी या शिनो -माटोमा मिलिन्छ।

यसैले वाक्यको बिराम,
माकुरिको आहारा,
आगोमा जल्ने या
माटोमा मिल्ने पतकर हो जिन्दगी !!

भोगाइ पछिको अनुभव-
केलाउँदा केलाउँदै
जन्म पछिको मरण
स्विकारने झोले हो जिन्दगी!!

कसैलाइ बाक्लो लाग्ने
कसैलाइ पात्लो लाग्ने
मृत्यु राजाले खाने खोले हो जिन्दगी!!

अरुकै लागि बाचदा बाच्दै
आफू जिउन भुलने
भावनामा फसेर टुटने फुटने
दिनमा कुदने र रातमा सुतने
खेल बाजि हो जिन्दगी!!

कसरी बुज्दछौ जिन्दगी!!
कसैलाइ दिन रात लुटनु
कसैलाइ भोक्कै सुत्नु
खादा खादै अकल्पनीय घटना
कसैको बुढी फुट्नु ।

कोहि न्यानो महोलमा सुत्नु
कोहि अर्थ बिहिन भुक्नु
यी सबका सब हो जिन्दगी!!

यसरी बुजे जिन्दगी तिमीलाई
पानी पिलाइ पछिको पिसाब निस्काइ हो जिन्दगी।

गफडिलाइ गफ
मतुवालाइ मात
प्रेमिकालाइ साथ
भोकोलाइ भात हो जिन्दगी।

गरिबीमा छु म
मेरो लागि अधेरी रात हो जिन्दगी।
धन,मान,रुपको घमण्ड नगर्नु
अन्त्यमा जाने सबैको घाट हो जिन्दगी।

अनिश राई, रोङ -३, इलाम ।