एक टकले हेरिरहने तिम्रो नयनले
तोडी सकेको छ तिम्रो ओठको मौनता
मुखबाट शब्द खस्न नसके के भो त ?
यो मनले त्यो मुटूमा बेग हानी
जोडी सकेको छ, एउटा नयाँ सम्बन्ध।

खुल्ला छोडिदेउ त्यो मनलाई
नउठाउ आफैँमा प्रश्न चिन्ह
गोधुलीलाई हेर उसको क्या सुन्दरता छ
नजिकै भएर पनि टाढाको नबन
छोटो समय तर रचौँ एउटा अमर ईतिहास।

पुष्पगुच्छा चाहिँदैन मलाई
तिम्रो मुस्कानमै म फिदा हुन्छु
मिठो बोल, मुस्कुराई राख
यसैमा मेरो जीवनको सुन्दरता भेट्छु।