म पार्टी-पार्टी भन्दै, बिगुल फुक्दै हिन्दा ।
तिमी घर-परिवार र आफन्तवाद मात्र भन्दा।
म जीवन नै पार्टी, मेरा सपना थाती भन्दै हिन्दा।
तिमी पहिले जिन्दगी अनि दोस्रो पार्टी भन्दा।
म भोको पेटको मलिन स्वरले एमाले जिन्दावाद भन्दा,
तिमी सत्ता र कुर्सीको मातले मात्र अवसरवाद भन्दै गर्दा ।

हामी बीचमा फरक हुन्छ,
फरक अवस्य हुन्छ।
आज यस्तै भयो, थाहा छैन भोलि के हुन्छ?
आज यस्तै भयो, थाहा छैन भोलि के हुन्छ?

तिमी पो हर्ताकर्ता ! म त पार्टीको झोले कार्यकर्ता !
तिमी पो हर्ताकर्ता ! म त पार्टीको झोले कार्यकर्ता !

चुनाव आउँदै छ हेर, अवसर तिमीले नै पाउँछौ होला।
म त मरे सहिद बाँचे फेरी पार्टीको काम मै भेट होला।
म त मरे सहिद बाँचे फेरी पार्टीको काम मै भेट होला।

- सागर कार्की