काठमाडौं । सन् २०२० को मिस नेपाल नम्रता श्रेष्ठ बनेकी छन् । शनिवार भएको फाइनलमा उनले २० प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपाल २०२० को उपाधी जितेकी हुन् ।

मिस नेपाल सुप्रानेसनल उपाधी सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल उपाधी सन्ध्या शर्मा, मिस नेपाल अर्थको उपाधी सुप्रिया श्रेष्ठले जितेकी छन् ।

त्यस्तै मिस कन्फिडेन्ट मिस नेपाल नम्रता श्रेष्ठ, मिस ब्युटी विथ पर्पज सन्ध्या शर्मा, मिस हेल्दि नेहा सरकार, मिस फोजेनिक आस्थिका श्रेष्ठ, मिस पपुलर चोइस सन्ध्या शर्मा र मिस ग्ल्यामर योजना भट्टराईले जितेकी छन् ।

किन्डरगार्डेन शिक्षिकासमेत रहेकी नम्रताले यसअघि मिस नेपाल २०१६ मा पनि सहभागिता जनाएकी थिइन् ।