हाँसेको छ मेरो कञ्चनजंघा अनि सगरमाथा
फैलाउनु छ विश्वमा आफ्नो संस्कृति र भाषा
बगेको छ मेरो मेची अनि महाकाली
हाम्रै हो लिपुलेक हाम्रै हो कालापानी ।

फुलेका छन् लालीगुराँस मेरो पाखाभरी
फैलिएका छन् चियाबारी मेरो काखभरी
फलेका छन् सुन मेरो तराईको फाँटमा
चिनिएको छ मेरो नेपाल विश्वको माझमा ।।

नाचेका छन् मेरो वनभरी डाँफे अनि मुनाल
मौलाएको छ संसारमा मेरो देश नेपाल
छुट्टै छ सान मेरो छुट्टै छ पहिचान
सुन्दरताको अर्को नाम हो मेरो देश नेपाल ।।।

 

(लेखक: मिलन राई, रोङ ४, इलाम)