फेसबुकले म्यासेञ्जर र इन्स्टाग्रामको म्यासेजिङ्‍मा भ्यानिस मोड फिचर सार्वजनिक गरेको छ । फेसबुकले ल्याएको यस फिचरले च्याटबक्समा म्यासेज वा मिडिया प्रयोगकर्ताले हेरी सकेपछि स्वत डिलिट हुन्छ ।

केहि दिन अघि ह्वाट्सएपमा डिसअपेयरिङ फिचर ल्याएको फेसबुकले म्यासेन्जर र इन्स्टाग्राममा भ्यानिस मोड ल्याएको हो । डिसअपेयरिङ् फिचरमा भने म्यासेज हेरी सकेको सात दिनपछि उक्त म्यासेज स्वत हराउने गर्छन् । 

हाल निश्चित स्थानहरुमा उपलब्ध गराएको भ्यानिस मोड सफल परीक्षण पश्चात चाँडै सबै प्रयोगकर्ताहरु माझ उपलब्ध हुनेछ । भ्यानिस फिचर सुचारु गर्न प्रयोगकर्ताहरुले च्याटबक्समा गएर माथि स्वाइप गर्नुपर्ने हुन्छ त्यसपछि त्यहाँ लोड भएर घुमिरहेको जस्तो डिस्प्ले देखाउँछ र इन्टरफेस अँध्यारो जस्तो हुन्छ जसले गर्दा यो फिचर सुचारु भएको थाहा हुन्छ त्यस्तै फिचर हटाउनु परे फेरि माथि नै स्वाइप गर्नुपर्ने पर्दछ । 

रोचक त भ्यानिस मोडमा रहेको बेला कसैले स्क्रीनसट लियो भने पनि नोटिफिकेसन आउने फिचर रहेको छ ।