विश्वव्यापी कोरोना भाइरसको सङ्क्रमण महामारी फैलिएपछि प्रविधिमा भएको विकास सँगै माइक्रोसफ्ट टिम्सले २४ सै घण्टा निःशूल्क भिडियो तथा भ्वाइस कल गर्न मिल्ने सुविधा दिने भएको छ । विश्वरभर फैलिएको महामारीबाट बच्ने उत्तम उपाय भौतिक दुरी कायम गर्नुपर्ने भएको अवस्थामा माइक्रोसफ्ट टिमले सो सुविधा उपलब्ध गराउन लागेको हो ।

निःशुल्क रुपमा अब ३०० जनासँग एकैचोटि २४ घण्टा सम्म कुराकानी गर्न माइक्रोसफ्टले  जनाएको छ । माइक्रोसफ्ट टिम्स सहजै रुफमा  डेक्स्टप र वेबबाट प्रयोग गर्न सकिने छ भने ग्यालेरी भ्यू र टूगेदर मोडले एउटै फ्रेममा ४९ जना सहभागि एउटै स्क्रिनमा सम्म अटाउन सक्दछ । 

त्यसतै माइक्रोसफ्ट टिम्समा भएका च्याट हिस्ट्रीलाई सजिलै पीसीबाट स्मार्टफोनको बीच स्वीच गर्न सकिने छ साथै नयाँ फिचर अनुसार फोटो, भिडियो अपलोड पनि गर्न मिल्ने भएको छ भने माइक्रोसफ्ट टिम्स नभएका सँग फोन बाट पनि च्याट गर्न सकिने व्यवस्था गरेको छ ।