ए झरी तैले गरीस मन परि 
दु:ख मार्का थपिदिस मन भरी
पाकी सकेका सुनका बालाहरु
सोतर पारिस तैले कठै खेतभरि!!

यस्तो रिस उठ्छ म-काम्छु थर-थरी
त बेलामा आउदैन्स-कुबेला मर्ने गरी!!
कसरी पालौ सन्तान  यी नाबालकहरु
मेरै देशमा अन्धो छन कृषि मन्त्री पनि!!

ए झरी मन पोल्यो, पिर बडयो  बेसरी 
फोन आउन थाल्यो बैङको गरी गरी!!
न बाचन  सक्छु न मर्न- अब के हुन्छ?
नेताकै घर धाउनु पर्छ-राहात पाउन पनि!!

सरकार लौन केही  त गर  कसै गरी
उमृयो धान बालामै -बेच्ने कसो गरी?
व्याजको  स्याज  थपिन्छ अब के गर्ने?
गारो भयो अब दिनको छाक टार्न पनि!!

भाषण गरेउ कृषि क्रान्ति अब आउछ भनी 
फेरि कहिले आयेउ के पिर मार्का बुझ्ने गरी?
अब भोट हैन,जुत्ताको माला दिन्छौ तिमिलाइ
तयार होउ नत्र उदार गर कृषकलाइ कसै गरी!!

गुनासोसँग   क्रोध चिन्ता छ  यस्तै मनै भरी
सरकार केही  त गर फेरि  धान   फल्ने  गरी
फेरि फल्छ,  मलजल गर्छ्न    दिहेर सहयोग
"नत्र चाइएन गणतन्त्र फालिदेउ  आका गरी" !!

-अनिश राई( फुटकर यात्री) रोङ-३, इलाम