तस्विर: गोकुलगंगा गाउँपालिका

यो जट्टा पोखरी हो। यो पोखरी  दोलखाको जिरी नगरपालिका वडा नं. -१ र रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. -१ को सिमानामा अवस्थित छ। जट्टा पोखरी समुद्री सतहबाट चार हजार २५० मिटरको उचाईमा अवस्थित छ भने पाँच पोखरी चार हजार ६०५ मिटरको उचाईमा अवस्थित छ। पाँचपोखरी जटापोखरीभन्दा ठिक माथि छ जट्टापोखरीबाट ४५ मिनेटदेखि एक घण्टाको उकालो पैदल यात्रा हिँडेपछि पाँच पोखरी पुगिन्छ।

निसन्तान दम्पतिले सन्तन, विवहा नभएका पुरुष तथा महिलाका लागि, भनेजस्तो श्रीमान, श्रीमती र पारिवारिक सुखशान्ति मिल्ने धार्मिक विश्वास रहेको छ। हिन्दुवौद्धधर्मालम्बिहरुको संगमस्थल मानिने यस स्थानमा किराती किम्बदन्ती रहेको जानकारहरू बताउँछन्। जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने यस स्थानमा नेपाल तथा भारतका विभिन्न स्थानबाट हिन्दु र वौद्धधर्मालम्बिहरु यहाँ आउने गर्दछन्।