गद्य कविता गेयात्मक/लयात्मक हुनुपर्छ।
शब्दले,भावनाले पाठककाे हृदय छुनुपर्छ।

अवस्था हेरी अनुप्रासकाे सुन्दर संयाेजन हुनुपर्छ ।
अनुच्छेद , वाक्य जस्ताे देखिनु हुन्न,
हरफहरुमा मिलन हुनुपर्छ।

तागत शब्दमा भन्दा बढी भावमा हुनुपर्छ ।
कविता वाचन निश्चित लय र रागमा हुनुपर्छ।

शाब्दिक बाेझ थुपारेर मात्र हुन्न कविता,
प्रत्येक हरफमा ओज हुनुपर्छ।
विषयवस्तुलाई चाहिने प्रयाप्त डाेज हुनुपर्छ।

 भाषाशैली महझै मिठास हुनुपर्छ,
पढ्दा,सुन्दा आनन्दकाे आभाष हुनुपर्छ ।

तब बन्छ गद्य कविता,
तब बन्छ सुन्दर सिर्जना,
विषय शब्द र भावकाे तालमेल 
न हाे कविता र रचना।

- दिलिप पहाडी