१३ चैत्र, काठमाडौं । थियटर मल-कीर्तिपुर रङ्मञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल)को संयुक्त आयोजनामा भर्चुअल रङ्गमञ्च महोत्सव हुने भएको छ । लकडाउनको समयलाई मध्यनजर फेसबुकबाट हेर्न मिल्ने गरी महोत्सवको आयोजना गरिएको हो ।

नोवेल कोरोनाको सङ्क्रमण र यसले भयावह स्थिति आउन सक्ने भएपछि सरकारले लकडाउन गरेपछि फेसबुक पेजबाट नाटक स्ट्रिमिङ् हुने गरी महोत्सव आयोजना गरिएको केदार श्रेष्ठले बताउनु भयो । उहाँले लकडाउनको समयमा घरमै बसेर नाटक हेर्न सकिने र प्रतिक्रिया दिन सकिने बताउनु भयो ।

प्रत्येक दिन साँझ ५ बजे देखि १ देखि २ घण्टास्मम थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मलबाट एउटा नाटक देखाइने आयोजकले जनाएको छ ।

विश्व रङ्गमञ्च दिवस मार्च २७ को अवसरमा एक साता लामो नाट्य महोत्सव चलाउन लागिएको हो ।