लालच र सत्ता माेहले धमिलो बादल
थुपारेपछि देशकाे आकाशमा,
मान्छेका आँखाले मान्छेलाई 
मान्छे नदेख्दाे रहेछ,
महलका हृदयहरूले 
छाम्न नसक्दाे रहेछ झुपडीका घाउहरू।

त्यसैले त,
विभेद निर्दयताकाे बलियो प्रखाल 
बनेर उभिरहेको छ ।
हत्या, हिंसा र अपराधका
करामतहरू मौलाइरहेका छ्न्
निमुखाको संवेदनामाथि।

निष्ठुरी समयको अघि,
निर्भीकताले नाघेपछि निर्लज्जाकाे परिधि।
सकिएपछि विश्वास मर्यादाको,
ढलेपछि उचाई मानवताको,
मेटिएपछि फैलावट स्वाभिमानको,
पिल्सिरहेको छ देशको हृदय,
दु:खको आलापहरूमा।

-रमेश रेग्मी  (गुल्मी, हाल साउथ कोरिया)