काठमाडौं। ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२१’ को दशौँ संस्करणको  आवेदन फारम खुला भएको छ। सिजन मिडियाको आयोजनामा 'ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२१' नामक कार्यक्रमको आवेदन फारम खुल्ला गरीएको हो।

विगत १० वर्षदेखि मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस, मिस टिन कलेज,मिसेस व्यूटी क्वीन नेपाल तथा अन्तर्राष्ट्रिय जगतमा विभिन्न अवार्ड कार्यक्रमहरूको आयोजना गर्दै आएको मिडियाले एसइई परिक्षा दिएर बसेका युवतीहरूमा कन्द्रीत गरी 'ह्वाइट हास एसईइ प्रिन्सेज २०२१' नामक कार्यक्रमको आवेदन फारम खुल्ला गरीएको जनाएको छ।

कार्यक्रमको व्राण्ड प्रायोजकमा हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज रहेको छ भने मुख्य प्रायोजकमा नामी कलेज रहेको आयोजकले जनाएको छ। ह्वाइट हाउस एसईई प्रिन्सेज २०२१मा क्याम्पीयन एकाडमी, साउथ वेस्टन स्टेट कलेज ,रेडन कलेज आदिको सहयोग रहनेछ। प्रतियोगितामा २०७७ सालमा एसईई परिक्षामा समावेश भएको र आफ्नो नतिजाको पर्खाइमा रहेका छात्राहरूले सहभागि हुन पाउनेछन्। छात्राहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर, नेतृत्वदायी क्षमताको विकास उच्च शिक्षा अध्ययनमा सहयोगी र मनोरञ्जन तथा मोडलिङयात्राको लागि पनि सहयोग पुर्‍याउने उदेश्य रहेको आयोजकले जनाएको छ। 

प्रतियागिताको आवेदन फारम २०७८ श्रावण १५ गतेसम्म सिजन मिडियाको कार्यालय कमलदीमा उपस्थित भइ आवेदन फारम भर्न सकिने छ। काठमाडौं तथा उपत्यका बाहिर जिल्लामा रहेका विभिन्न स्कुलका एसईई रिजल्टको प्रतिक्षामा रहनु भएका छात्राहरूले पनि आवेदन दिन सक्नेछन्। आवेदनबाट छनौट भएका प्रतियोगीहरूलाई २०७८ साल श्रावण तेस्रो साताबाट प्रशिक्षण दिइने आयोजकले जनाएको छ । प्रशिक्षणको क्रममा मोडलिङ,फेशन सो, र्‍याम्प सो, शारीरिक फिटनेश, फोटो सेसन, कलेज भ्रमण, टेबल म्यानर, फोटोग्राफी शिक्षा सासेसल मिडिया प्रयोग कसरी गर्ने लगायत विभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरू, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ। सामाजिक संस्थाहरू माइती नेपाल, नारकोनन नेपाल,वाल आश्रम, वृद्धा आश्रम साथै मिडिया सम्बन्धी जानकारी तथा अन्तरक्रिया कार्यक्रम गरिने छ भने विभिन्न कलेजहरूको भ्रमण गराइने छ।

स्टेज पर्फर्मेन्स क्याटवाक आदि लगायतका विधामा भने कोरियोग्राफी रोजीन शाक्यले गर्नु हुनेछ। २०७८ साल भाद्र अन्तिम साता उक्त प्रतियोगीताको अन्तिम प्रतिस्पर्धामा हुनेछ। प्रतियोगिताका विजेताले "ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२१" को ताज उपाधि सहित उच्च शिक्षामा १ लाख बराबरको छात्रावृत्ति ल्यापटप, मोवाइल, म्यूजिक भिडियो खेल्ने अवसर, साथै अन्य गिफ्टहयाम्पर पाउने छिन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः उच्च शिक्षामा १ लाख बराबरको छात्रावृत्ति साथै विभिन्न उपहारहरू पाउनेछन् र त्यसैगरि मोडलिङ करियरमा प्रवेश गर्नेहरूको लागि पनि सहयोग गरिने छ भने यस बाहेक अन्य विभिन्न २१ विधामा पनि विजेता छनौट गरिनेछ।