गीत

साँधुटारको डाँडैमा निस्केर तल हेरेेँ सुन्दर तिम्रो गाउँ,
फर्किएर भेट्न आउन यो जुनीमा तिमीलाई पाऊँ।
साँधुटारको डाँडैमा ... ...

सिरि-रि-रि खर्शु र सल्लाको हावासँगै मन उडि गयो,
तिमी बिना मेरो यो जिन्दगानी उदास-उदास भयो।
साँधुटारको डाँडैमा ... ...

देवी देवता भाकिसँगै जिउने मर्ने वाचा कसम खाऊँ,
आउन प्रिय जुनी जुनी न छुट्ने माया प्रिति लाऊँ।
साँधुटारको डाँडैमा ... ...

 

- युगल सुनुवार, पाँचथर