रामेछाप। रामेछाप जिल्लामा एकैदिन ८१ जनामा कोरोना(कोभिड-१९) संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ।

स्वास्थ्य कार्यालयका अनुसार ११६ जनाको स्वाब सङ्कलनगभएको मध्ये ५० जना, दोरम्बा गाउँपालिकाबाट ६० जनाको स्वाब सङ्कलन गरिउको मध्ये ११ जनामा र रामेछाप नगरपालिकाबाट ३१ जनाको स्वाब सङ्कलन गरिएकोमध्ये ८ जनामा कोरोना सङ्क्रम पुष्टि भएको हो।

एन्टिजेन्ट बिधि बाट गरिएको परीक्षणमा पनि १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ। उनीहरू जिल्ला अस्पताल रामेछापका ३ जना, खाँडादेवी गाउँपालिकाका ७ जना र दोरम्बा गाउँपालिकाका २ रहेको कार्यालयले जनाएको छ। योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १७९ पुगेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ।

यो  पनि पढ्नुहोस्:

गोकुलगंगा गाउँपालिकाले थाल्यो स्थानीको स्वाब सङ्कलन