दानियल सुनुवार, रामेछाप। रामेछाप स्थित गोकुलगंगा गाउँपालिकाले यसअघि कोरोना सङ्क्रमित देखिएका वडाहरूका स्थानीयहरूको पिसीआर परीक्षण थालेको छ। गाउँपालिकाले बैशाख १९ गते वडा नं १, ४ र ५ मा अर्को सूचना जारी नहुँदसम्मका लागि वडाहरू सिल गरेको थियो। 

उक्त वडाहरूमा कोभिड १९ सँग मिल्दाजुल्दा लक्षणहरू देखिएकाले लक्षण भएकाहरूको स्वाब सङ्कलन गरी पिसीआर जाँचका लागि सिन्धुलीमाढी स्थित कोभिड -१९ प्रयोगशाला पठाईएको अध्यक्ष खड्ग सुनुवारले बताउनु भयो। 

अध्यक्ष सुनुवारका अनुसार आज गाउँपालिका स्थित अस्पतालबाट ५० जना स्थानीयको स्वाब सङ्कलन गरिएको छ। अब, पिसीआर रिपोर्ट आईसकेपछि अनिश्चित कालसम्म लगाईएको निषेधाज्ञाको रणनीति तयार गर्ने अध्यक्ष सुनुवारले बताउनु भएको छ।

 

यो पनि पढ्नुहोस्:

गोकुलगंगा गाउँपालिकाको वडा नं. १, ४ र ५ अर्को सूचना जारी नहुँदासम्मको लागि सिल