रामेछाप। गोकुलगंगा गाउँपालिकाको पालिका स्तरीय कोभिड १९ संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले गाउँपालिकाको वडा नं १, ४ र ५ मा अर्को सूचना जारी नहुँदसम्मका लागि वडाहरू सिल गर्ने निर्णय गरेको छ। गाउँपालिकाका ति क्षेत्रहरू कोभिड १९ सङ्क्रमको अति संवेदनशिल क्षेत्र भएकाले सिल गर्नु परेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका स्तरीय समितिको आकस्मिक बैठकले गाउँपालिका क्षेत्र भित्र भिडभाड जम्मा भई गरिने विभिन्न धार्मिक कार्यहरू पूर्ण रुपमा बन्देज लगाएको छ। बिबाह तथा ब्रतबन्धको हकमा एउटा वडा बाट अर्को वडामा २५ जनाभन्दा बढी सहभागि हुन नुपाउने र अन्यत्रबाट गाउँपालिकामा आउनु परे ७ जनाभन्दा बढी सहभागि हुन नपाउने निर्णय गरेको छ। 

विदेशबाट आउने नागरिकलाई १० दिनसम्म अनिवार्य होम क्वारेन्टाइनमा राख्नुपर्ने निर्णय गरिएको छ। गाउँपालिकाको मुख्य नाकाहरू धारापानी र फर्पुमा आवातजावतलाई कडाई गरिएको छ। 

त्यस्तै, गाउँपालिकाले प्रदान गर्ने अत्यावश्यक बाहेकका सबै सेवा आगामी बैशाख २४ गतेसम्मका लागि बन्द गरिएकव बैशाख १७ गतेकै निर्णयलाई सदर गरेको छ।