काठमाडौं। पछिल्लो २४ घण्टामा २ हजार ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार १० हजार ६५८ जनाको पीसीआर परीक्षणमा १ हजार ६१९ जना र ३ हजार ९९२ जनामा एन्टिजेन परीक्षण गर्दा ३८५ जना गरी कुल २ हजार ४ जनामा संक्रमण पुष्टि भएको हो। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८४६ जना संक्रमणमुक्त भएका छन् भने १६ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जनाएको छ।