काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३ सय १९ जना कोरोना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार २०१ जनाको स्वाब परिक्षण गर्दा ति सङ्क्रमित थपिएका हुन्। 

मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणकाट पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ। त्यस्तै २ हजार ५४० सङ्क्रमित कोरोना जितेर निको भई घर फर्केका छन्। हाल नेपालमा ८२ हजार ५५० सक्रिय सङ्क्रमित रहेका छन्।